Category: राजनीति

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे आज छलफल गर्दै

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे आज छलफल गर्दै

    ४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे आज छलफल गर्दैछन् । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई छलफलमा बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ…

  • टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट

    टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट

    काठमाडौँ — सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् । सामाजिक सद्भाव बिगार्न खोजेको भन्दै मन्त्रिपरिषद्को गत सोमबारको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरूले निर्णय बदरको आदेश मागेका छन् । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनहरू…

  • आजदेखि रास्वपाका सांसदको घरदैलो कार्यक्रम

    आजदेखि रास्वपाका सांसदको घरदैलो कार्यक्रम

    २ कात्तिक, काठमाडौं ।आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले घरदैलो कार्यक्रम गर्ने भएको छ । निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने उनले बताए । प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका…

  • मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    भरतपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुई/दुईवटा ब्ल्याङकेट वितरण गरेका हुन् । सोमबार आयोजित कार्यक्रममा उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिँदै चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक रहेको…

  • आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार

    आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार

    २२ कात्तिक, जनकपुरधाम । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी…

  • कांग्रेस महासमिति बैठकको नयाँ मिति पुस १६ देखि १९

    कांग्रेस महासमिति बैठकको नयाँ मिति पुस १६ देखि १९

    २१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतवार बसेको केन्द्रीय कार्यसमितिको…

  • कसैसँग तर्सिएको छैन : प्रधानमन्त्री

    कसैसँग तर्सिएको छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू कसैसँग नतर्र्सिएको बताएका छन् । आज सिंहदरबारमा देशलाई गणतन्त्रमा ल्याउन भूमिका खेल्ने दलका नेताहरूको बैठकपछि उनले यस्ता बैठक निरन्तर गर्ने समझदारी भएको सुनाए । “राम्रो कुरा के भयो भने संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो । यो प्रारम्भिक बैठक भयो,” उनले भने, “निरन्तर बैठक…

  • राष्ट्रपतिको युरोप भ्रमणमा पुनर्विचार जरुरी

    राष्ट्रपतिको युरोप भ्रमणमा पुनर्विचार जरुरी

    मुलुक राष्ट्रिय विपत्तिमा परेको बेला मुलुकको अभिभावक संस्था राष्ट्रपति कार्यालयमा अहिले विदेश भ्रमणको तयारी चलिरहेको छ । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर हालसम्म १५७ जनाको ज्यान गएको र ११० जना घाइते अहिले अस्पतालमा उपचार गराइरहेको विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ । भग्नावशेष खोतल्न र घाइतेलाई जतिसक्दो छिटो अस्पताल पुर्‍याउन, सकेसम्म…

  • मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

    मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु

    १९ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

  • संसद् अधिवेशन आजबाट अन्त्य गर्ने तयारी

    संसद् अधिवेशन आजबाट अन्त्य गर्ने तयारी

    काठमाडौं । संघीय संसद्को जारी अधिवेशन आजदेखि अन्त्य गर्ने तयारी भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो । संघीय संसद् सचिवालय स्रोतले सरकारबाट आज अधिवेशन अन्त्य गर्ने विषयमा आधिकारिक जानकारी भने आइनसकेको जनाएको छ । संघीय संसद्को अधिवेशन अन्त्य…