Category: भुकम्प अप्डेट

  • सुत्केरी र गर्भवती ४ हजारको बास बारीमै

    सुत्केरी र गर्भवती ४ हजारको बास बारीमै

    जाजरकोट नलगाड नगरपालिका–७ दल्लीकी एकमहिने सुत्केरी राधिका कुसारीको १६ दिनदेखि बारीमै बास छ । बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त घरमा बस्न नमिल्ने भएपछि उनी बारीमै त्रिपाल टाँगेर परिवारसँगै बस्दै आएकी हुन्, जसका कारण उनको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएकी दार्मा–५ की सुत्केरी विन्दु खड्का । चिसोले उनको…

  • चिसोले सातामै ५ भूकम्पपीडितको मृत्यु

    चिसोले सातामै ५ भूकम्पपीडितको मृत्यु

    सुर्खेत, सल्यान, रुकुम पश्चिम — भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण मृत्यु भएको छ । शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा वृद्धवृद्धा छन् । जाजरकोटस्थित बारेकोट गाउँपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट–१ रामीडाँडाका ७० वर्षीय डुमे पुनको शुक्रबार मृत्यु भएको…

  • हामीले एक सेकेन्ड पनि ढिलो नगरी राहत पठाइरहेका छौँ भन्छन श्रेष्ठ प्रभाबित ठाउमा सुत्केरी समेत् भोकै

    हामीले एक सेकेन्ड पनि ढिलो नगरी राहत पठाइरहेका छौँ भन्छन श्रेष्ठ प्रभाबित ठाउमा सुत्केरी समेत् भोकै

    काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताएका छन् । आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितका लागि सरकारले त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नसहितका सामग्री पठाएको र पठाउने क्रम जारी रहेको बताए ।…

  • भूकम्प पीडितलाई गोल्ड स्टारले १० हजार थान जुत्ता-चप्पल दियो

    भूकम्प पीडितलाई गोल्ड स्टारले १० हजार थान जुत्ता-चप्पल दियो

    २६ कात्तिक, काठमाडौं । गोल्ड स्टार सुजले जाजारकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि जुत्ताचप्पल सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् । ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता चप्पल भूकम्प प्रभावितका लागि…

  • भूकम्पपीडितको आँगनमा न चेली न भैली

    भूकम्पपीडितको आँगनमा न चेली न भैली

    (रुकुम पश्चिम र जाजरकोट) — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ चाइना बगरमा भत्किएका घरछेउमा लहरै राखिएका त्रिपाल छेउछाउ कोही पारिलो घाममा यत्तिकै बसिरहेका छन् त कोही कामकाज गर्दै छन् । एउटा त्रिपाल नजिकै रेडियोमा बजिरहेको छ, ‘भैलिनी आइन् आँगन, गुनियो चोली मागन… हे औंसी बार गाईतिहार भैलो… ।’ तिहार सुरु भएसँगै रेडियोमा बजेको यो गीतअनुसारको कुनै माहोल छैन यस…

  • राज्य व्यवस्था समितिको निर्देशन : भूकम्प पीडितलाई तत्काल अस्थायी आवास

    राज्य व्यवस्था समितिको निर्देशन : भूकम्प पीडितलाई तत्काल अस्थायी आवास

    २५ कात्तिक, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । जाजरकोट लगायतका प्रभावित क्षेत्रमा स्थलगत अध्ययनमा गएको समितिले शनिबार सभामुख देवराज घिमिरेलाई बुझाएको प्रतिवेदनमा तिहारलगत्तै अस्थायी आवास निर्माण गरी पीडितलाई तत्काल उपलब्ध गराउन भनिएको छ । सरकारले भूकम्प प्रभावित क्षेत्रका घरहरुलाई पूर्ण रुपमा क्षतिग्रस्त…

  • रुकुम र जाजरकोटमा भूकम्प मापन प्रविधि जडान

    रुकुम र जाजरकोटमा भूकम्प मापन प्रविधि जडान

    मीडाँडा, जाजरकोट — जाजरकोटको बारेकोट रामीडाँडामा ६.४ म्याग्निच्युडको भूकम्प गएयता ४ सय ८३ पटक परकम्प आएका छन् । गत शुक्रबार मध्यरातमा गएको भूकम्पपछि विज्ञहरूले स्थलगत निरीक्षण गरी सूक्ष्म अध्ययन सुरु गरेका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) र नेपाल भूकम्प मापन तथा अनुसन्धानको विज्ञ टोलीे भूकम्प केन्द्र (इपिसेन्टर) र आसपास क्षेत्रको प्रारम्भिक अध्ययन गरी फर्केको…

  • चिसोको मारमा भूकम्पपीडित, २ को मृत्यु

    चिसोको मारमा भूकम्पपीडित, २ को मृत्यु

    जाजरकोट — समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न थालेका छन् । भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो । गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको…

  • भूकम्प पीडितका लागि सरकारी कोषमा जम्मा भयो १३ करोड २३ लाख रुपैयाँ

    भूकम्प पीडितका लागि सरकारी कोषमा जम्मा भयो १३ करोड २३ लाख रुपैयाँ

    काठमाडौं । भूकम्प पीडितका लागि सरकारी कोषमा १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । कार्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । विभिन्न व्यक्ति तथा संस्थाबाट रकम संकलन भएको हो । कसले कति दिए ?…

  • भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको पारिश्रमिक दिने

    भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको पारिश्रमिक दिने

    २३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।