साततले दरबार पुनर्निर्माणका बारेमा नुवाकोटका जनप्रतिनिधि र चिनिया पक्षबिच छलफल


बिदुर । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोटको साततले दरबार पुनर्निर्माणको अभावमा जिर्ण बन्दै गएपनि पुननिर्माणको जिम्मा लिएको चिनिया पक्षले कहिलेबाट पुनर्निर्माणको काम सुरु हुन्छ भन्ने अझै निर्णय दिन सकेको छैन । यसै सन्दर्भमा चिनिया पक्षको ध्यानाकर्षण गराउन शुक्रवार दुताबास पुगेको नुवाकोटका जनप्रतिनिधिहरुसंगको बैठकमा पनि चिनिया पक्षले पुनर्निर्माणमा आश्वस्त बनाउनुको साटो बिभिन्न समस्या देखाएर तत्काल पुनर्निर्माणको काम सुरु नहुने संकेत गरेको छ ।
शुक्रवार दुतावासमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरी र बिदुर नगरपालिका प्रमुख राजनश्रेष्ठ सहितको जिल्ला समन्वय र बिदुर नगरपालिकाको प्रतिनिधिमण्डलले साततले दरबारको पुनर्निमाणको सन्दर्भमा दुतावास आर्थिक तथा वाणिज्य कन्सुलर सिय यु सहितको टोलीसंट छलफल गरेको थियो । छलफलमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरी, उपप्रमुख दलबहादुर तामाङ , बिदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीले साततले दरबार पुनर्निर्माण नहुँदा नेपालको एउटा ऐतिहासिक धरोहर खण्डहर बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दे पुनर्निर्माणको काम सिघ्र अघि बढाउन आग्रह गरेका थिए । उनीहरुले पुनर्निर्माणको काममा देखिने स्थानीयस्तरका समस्या समाधानमा स्थानीय सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
त्यसक्रममा दुताबासका कन्सुलर सिय यु र दरबार पुनर्निर्माणको काम हेरिरहेका ईन्जिनियर वाङले चाईना एकेडेमी अफ कलचरल हेरिटेजले पुनर्निर्माणको काम गर्ने जिम्मा लिए पनि भिसाको समस्या, करको समस्या, ढुवानीको समस्या लगायतका कारणले पुनर्निर्माणको काममा ढिलाई भएको बताउँदै यसका लागि नेपालको संघीय सरकार र स्थानीय सरकारको सहयोग आवश्यक रहेको धारणा ब्यक्त गरेका थिए । लगायत केन्द्र र स्थानिय सरकारले सहयोग गर्न पर्ने उनीहरूको भनाई छ।
छलफलमा ,जिल्ला समन्वय समिति नुवाकोटका सदस्यहरु रामचन्द्र पौडेल,मोहन पुडासैनी ,सन्तोषी देवकोटा, जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाई तथा नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *