रेडियोकर्मीका लागि पाँचदिने प्राबिधिक तालिम सम्पन्न


बिदुर । बागमती प्रदेशको संचार रजिष्ट्रारको कार्यालयले नुवाकोटको बिदुरमा रेडियोकर्मीहरुका लागि आयोजना गरेको पाँचदिने प्राबिधिक तालिम बिहिबार सम्पन्न भएको छ । तालिममा सहभागी बागमती प्रदेशका रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौ, मकवानपुर, धादिङका २३ जना रेडियोकर्मीलाई आर. आर. क्याम्पसका पत्रकारिता बिभाग प्रमुख डा. श्रीराम पौडेल र सञ्चार रजिष्ट्रार कार्यालयका इञ्जिनियर रोशन कोइरालासहितका प्रशिक्षकहरुले प्राबिधिक र सैद्धान्तिक पाटोहरुमा प्रयोगात्मक र सैद्धान्तिकरुपमा प्रशिक्षण दिएका थिए ।
तालिम समापनम क्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरीले समयको परिवर्तन र आधुनिकतासंगै संचारमाध्यमहरुले पनि आफूमा परिवर्तन ल्याउनु पर्ने बताउँदै संचारमाध्यमहरुको सकारात्मक बिकास समाज बिकासका लागि समेत सार्थक सावित हुने बिश्वास ब्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका संचार रजिष्ट्रार रेबतीप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुवकुमार रावल, बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोटका कार्यबाहक अध्यक्ष नवदीप श्रेष्ठ र प्रशिक्षक डा. पौडेलले संचार क्षेत्रमा आएको परिवर्तन, चुनौती र तालिमको महत्वका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
रेडियोकर्मीलाई ‘वन इन अल’ बनाउने उद्देश्यले आयोजित तालिममा समाचार उत्पादनका लागि आवश्यक प्राविधिक ज्ञान र रेडियोका लागि उत्पादित सामग्रीलाई डिजिटल माध्यमबाट वितरण गर्ने पोडकाष्टको सीप सिकाइएकोसंचार रजिष्ट्रार कार्यालयले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *