बट्टारमा माघ १० गतेबाट मेयरकप फुटबल प्रतियोगिता संचालन हुने


बिदुर । बिदुर नगरपालिकाको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघको आयोजना र ब्यवस्थापनमा आगामी माघ १० गतेबाट अन्तरपालिका स्तरीय नुवाकोट च्याम्पियन बिदुर मेयरकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा संचालन हुने प्रतियोगितामा नुवाकोटका १२ वटै स्थानीय तहहरुको सहभागिता रहने आयोजना संस्थाहरुले जानकfरी दिएका छन् । प्रतियोगितामा पहिलो हुने टीमले चारलाख चारहजार चारसय ४४ रुपैया र दोस्रो हुने टीमले दुईलाख दुईहजार दुईसय २२ रुपैयाँ पुरस्कार पाउने छन् । यो रकम नुवाकोटमा हालसम्म संचालित जिल्लास्तरीय खेल प्रतियोगिताहरुमा सबै भन्दा उच्च रकम हो ।
प्रतियोगिता बारे जानकारी दिन बिहिबार बिदुर नगरपालिकामा आयोजित पत्रकार भेटघाटमा नगरप्रमुख राजन श्रेष्ठले बिदुर नगरपालिका खेलकुदको बिकास मार्फत स्वस्थ नागरिक उत्पादन र त्यस मार्फत राष्ट्र निर्माणमा टेवा पु¥याउने उद्धेश्यका साथ खेल क्षेत्रको बिकासमा क्रियाशिल रहेको बताए । प्रतियोगिताले स्थानीयस्तरमा रहेका खेल प्रतिभाहरुको पहिचान गर्न मद्धत पुग्ने बिश्वासका साथ प्रतियोगिता आयोजना गरिएको र यसबाट जिल्लाकै एउटा मजबुत फुटबल टीम तयार गरि राष्ट्रिय प्रतियोगिताहरुमा बलियो प्रतिस्पर्धी तयार हुने अपेक्षा समेत रहेको नगर प्रमुख श्रेष्ठको भनाई थियो ।
त्यसक्रममा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले समाज बिकासको एउटा महत्वपूर्ण पक्षका रुपमा लिईने खेल क्षेत्रको बिकासमा सरोकारवाला संस्थाहरुको प्रयासलाई नगरपालिकाले अपनत्व ग्रहण गरेको बताउँदै प्रतियोगिताको सफलतामा सबै पक्षको सहयोग अपेक्षित रहेको बताईन् ।
पत्रकार भेटघाटमा नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष देबनारायण चित्रकार र उपाध्यक्ष बिजय गुरुङ, बिदुर नगर फुटबल समितिका संयोजक अच्युतराज गिरीले प्रतियोगिताका बिबिध पक्षहरुमा प्रकाश पारेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *