अव समयमा सम्पन्न नभए सबै ठेक्का तोडिन्छ : मन्त्री दुलाल


बिदुर । बागमती प्रदेश सरकारका भौतिक पूर्बाधार बिकास मन्त्री युवराज दुलालले ठेक्का सम्झौता भएर पनि समयमा आयोजना सम्झौता नहुँदा सरकारको प्रभावकारीतामा नै प्रश्नचिन्ह उठ्न थालेको बताउँदै अव समयमा सम्पन्न नहुने ठेक्का सम्झौताहरु तोडेर अघि बढ्ने बताएका छन् । प्रदेश सरकारका काम कारबाहीलाई प्रभावकारी बनाई नागरिकलाई बिकासको अनुभूति दिलाउन जस्तो सुकै कठोर कदम चाल्न पनि आफू तयार रहेको र यसमा आफू जुनसुकै प्रकारको दवावका साममा गर्न पनि तयार रहेको मन्त्री दुलालको भनाई छ ।

बिहिबार नुवाकोटको शिवपुरी गाउँपालिकाको कुखुरेमा आयोजित सडक शिलान्यास कार्यक्रममा मन्त्री दुलालले साना र टुक्रे योजनाका कारण नागरिकमा बिकासको अनुभूति हुन नसकेकाले आगामी बर्षबाट बहुबर्षिय रुपमा ठूला , दीगो र प्रतिफलमुखी बिकास आयोजना संचालनमा जोड दिईने समेत स्पष्ट पारे । बिकास आयोजनाहरुको गुणस्तरीयतामा सबै पक्षको समान चासो र खवरदारी आवश्यक रहेको उल्लेख गर्दे त्यसक्रममा मन्त्री दुलालले बिकासमा सामूहिक अपनत्व बर्तमानको आवश्कता रहेको समेत बताए ।


पूर्बाधार बिकास कार्यालय नुवाकोट मार्फत कार्यान्वयन हुने गुर्जेभञ्ज्याङ शिवपुरी–६ समुन्द्रादेबी पुरानो गाबिस भवन महतटोल रातमाटेदेखि लिखुपुल महाकाली कुखुरे मानेभञ्ज्याङ दुप्चेश्वर सडकको बाँकी सडक खण्डको निर्माण कार्यको शिलान्यासका क्रममा बागमती प्रदेश सभाकी सदस्य राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरी, शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्द थपलिया, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा, माओवादी केन्द्रका पुष्प लामिछाने, एकीकृत समाजवादीका पदम उप्रेती, नेपाल समाजबादी पार्टीका भगवान रानामगर र पूर्बाधार बिकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले बिकास आयोजनाहरु संचालनको आवश्यकता र चुनौतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा दिईएको जानकारी अनुसार ४० करोड ४१ लाख २२ हजार सातसय ५८ रुपैयाँको लागतमा स्तरोन्नती हुने उक्त सडक पिआर कन्स्ट्रक्सन ललितपुरले आगामी ३० महिनाभित्र सम्पन्न गर्ने गरि निर्माण सम्झौता गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *