मैनालीलाई उत्कृष्ट साना महिला उद्यमी सम्मान


हेटौंडा । लामो समयदेखि हेटौंडामा रही उद्यम मार्फत महिला सशक्तिकरणको क्षेत्रमा क्रियाशिल गीता मैनाली उत्कृष्ट साना महिला उद्यमी सम्मानबाट सम्मानित भएकी छिन् । सोमबार हेटौडामा आयोजित जिल्ला समन्वय समिति मकवानपुरको बार्षिक जिल्ला समिक्षा कार्यक्रमका क्रममा मैनालीलाई सम्मानित गरिएको हो । कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले मैनालीलाई सम्मानपत्रसहित सम्मानित गरे ।
घरेलु तथा साना उद्योग महासंघको महिला उद्यमी समितिको महासचिव समेत रहेकी मैनाली जालपादेबी महिला उद्यमी केन्द्र मार्फत महिला उद्यमीहरुको क्षमता बिकास र सशक्तीकरणका लागि क्रियाशिल रहँदै आएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *