कोरला नाका व्यावसायिक रूपमा खुला


कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा खुला भएको छ । मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा खुला भएको हो ।

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्टीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरेका छन् । नाका उद्घाटनको औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) झोम्बा काउन्टीका सेक्रेटरीसमेत सुरक्षा अधिकारी तथा नेपालतर्फबाट भने लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिका अध्यक्ष, सुरक्षा अधिकारी सहभागी थिए ।

कोरोला नाका व्यावसायिक रूपमा खुल्ला भएसँगै तिब्बतको झोम्बा काउन्टीले उपल्लो मुस्ताङका सीमावर्ती लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिकाबासीलाई उपहारस्वरूप पठाएको तिब्बती नुन, चिया,३ घ्यू, कम्बल र सिरकसमेत समेतका सामान लिएर ३ वटा कन्टेनर (१२ वटा मिनी ट्रक)नेपाल भित्रिएका थिए । नेपाबाट भने कुनै सामान उता गएन ।

‘आजदेखि कोरोला नाका खुल्ला भयो । नाका खुलेको पहिलो दिन तिब्बतको झोम्बा काउन्ट्रीले सीमावर्ती लाोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका जनतालाई पठाएको उपहार बोकेका ३ वटा कन्टेन आए,’ लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले भने, ‘अब हामीले तिब्बतमा के–के कुराको माग छ, अध्ययन गरी यताबाट सोहीअनुसारका सामान पठाउने योजना बनाउनुपर्छ । हामी मुस्ताङबाट तिब्बत पठाउने भनेको अर्गानिक स्याउ, आलु र खाद्यान्न नै हो ।’

गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक कोरोला नाकामा तिब्बतको झोङ्वा काउन्टी हुँदै २० किलोमिटरपर सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिन्छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *