यसरी बन्द हुन्छ टिकटक, दूरसञ्चार प्राधिकरणले बढायो प्रक्रिया


काठमाडौं । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।

“क्याबिनेटको निर्णयअनुसार प्रयोगमा रोक लगाउन भनेर सञ्चार मन्त्रालयबाट पत्र आएको छ, उनले भने, “हामीले इन्टरनेट सेवा प्रदायकलाई यसका लागि पत्राचार गरिरहेका छौं ।”

नेपालमा एप र वेबसाइट (वेब) गरी दुई माध्यमबाट टिकटक चल्ने गरेको छ । प्राधिकरणका अध्यक्ष खनालले यी दुवै माध्यम बन्द हुने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *