नुवाकोटमा १४ जना फरार अभियुक्त पक्राउ


बिदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले फरार अभियुक्त पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको छ । अदालतबाट बिभिन्न मितिमा सजाय भई तत्पश्चात फरार रहँदै आएका अभियुक्तहरुलाई खोजतलास गरि उनीहरुलाई अदालतको आदेश बमोजिम सजाय दिलाउँदै शान्तिसुरक्षाको अवस्था मजबुत बनाउन फरार अभियुक्त पक्राउ गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटका नयाँ प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक संजयसिंह थापाले जिम्मेवारी सम्हालेपछि विधिको शासन र कानुनी सर्वोच्चतालाई कायम राख्न तथा दण्डहीनतालाई अन्त्य गर्न फरार अभियुक्त खोजी गर्ने कार्यलाई तिब्रता दिईएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार गत असोज देखि कार्तिक २२ गतेसम्मको अवधिमा विभिन्न अपराधमा संलग्न १४ जना फरार व्यक्तिलाई पक्राउ गर्न नुवाकोट प्रहरी सफल भएको छ । पक्राउ गरि जिल्ला अदालत नुवाकोटमा बुझाईएका र अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएका अभियुक्तहरुबाट २३ बर्ष आठ महिना एकदिन कैद सजाय र सातलाख बत्तिस हजार छसय पचहत्तर रुपैया असुल उपर हुनेभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *