इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुति महेश भट्टले भने- छोरी तिमीले जुन चन्द्रमा देखाएकी छौ, त्यो मैले कहिल्यै देखेको छैन


काठमाडौं । इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए ।

पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निस्का’ गीतले जज र दर्शकलाई मन्त्रमुग्ध तुल्याएकी थिइन् ।

महेशका लागि यो गीत र फिल्म किन पनि विशेष छ भने यो फिल्म महेशकी आमा सिरिन मोहम्मद अलीको जीवनमा आधारित छ । फिल्ममा महेशकै छोरी पूजा भट्टले आमाको भूमिका निर्वाह गरेकी छन् ।

मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरु श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिए । प्रस्तुतिपछि स्टेजमा पुगेर महेशले मेनुकालाई अँगालो हाले र टाउकोमा चुम्बन पनि गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *