भूकम्प पीडितलाई भाटभटेनीको एक करोड ११ लाख एक हजार १११ सहयोग, प्रधानमन्त्रीलाई भेटेर चेक हस्तान्तरण


काठमाडौं । जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर स्टोरले एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेक हस्तान्तरण गरेका हुन् ।

दाहालले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक लिँदै कर्पोरेट क्षेत्रबाट पहिलोपटक यसरी सहयोग प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

यसअघि कोरोना कालदेखि अन्य विपदका बेला पनि भाटभटेनीका तर्फबाट सरकारले सहयोग प्राप्त गरेको प्रधानमन्त्रीको भनाई थियो ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *