डोटीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच घाइते


काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको जीप आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *