घटना स्थलमा प्रत्यक्ष पुगेर पिडित लाई सान्वना दिएर फर्किए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड


काठमाडौँ ।  गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति र प्रभावितहरुको अवस्था बुझ्न सो क्षेत्रमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू चढेको हेलिकप्टर उद्धारका लागि छोडेर अर्को विमानबाट काठमाडौँ फर्किने भएका छन् ।

साढे २ बजे नेपालगञ्जबाट हवाईजहाज मार्फत काठमाडौँ फर्कन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले  जानकारी दिए ।  नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका प्रचण्डले साथमा दुई सुरक्षाकर्मी र मेडिकल टिम लिएर गएका थिए । हेलिकोप्टरबाट घाइतेलाई अस्पताल पुर्याउनका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ खटिएका थिए ।

पीडितलाई राहत, उद्धारका लागि निर्णय गर्न भोली बिहान ८ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको प्रेस संयोजक सूर्यकिरणले जानकारी दिएका छन् । प्रचण्ड बिहान भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *