हेलिकोप्टरबाट भूकम्प प्रभावित क्षेत्रमा पठाइयो राहत


काठमाडौं । गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रारम्भिक राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, रुुकम (पश्चिम), रुकुम (पूर्व), रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्धारमा खटिएका छन् ।

ती जिल्लाका मेडिकल टिमहरू समेत घटनास्थलमा पुगिसकेको उनले जानकारी दिए ।

सुरक्षा निकायको स्थानीय मेडिकल टिमका अतिरिक्त सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र सैनिक अस्पतालबाट गरी ११ जनाको मेडिकल टोली बिहानै स्काइ ट्रकमार्फ घटनास्थलहरूमा पुगिसकेको प्रवक्ता भट्टराईले बताए ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *