कतारका अमिरले गरे नेपाल भ्रमण स्थगित


काठमाडौं । कतारका अमिर शेख बिन हमाद अल थानीले नेपाल भ्रमण स्थगित गरेका छन् । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछी बढेको तनावका कारण नेपाल भ्रमण स्थगीत गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो । परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो ।

अब कतारी अमिरको नेपाल भ्रमणको मिति आपसी छलफलको आधारमा पछि तय गरिने स्रोतले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *