श्रृंखला खतिवडाले सार्वजनिकरुपमा स्वीकारिन् प्रेम सम्बन्ध


काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले संचार उद्यमी सम्भव सिरोहियासँगको प्रेमलाई सार्वजनिकरुपमा स्वीकारेकी छन् । इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् ।

आफूहरु प्रेममा रहेको जानकारी दिँदै श्रृंखला लेख्छिन्- नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस-रोमान्टिक हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो ।’

म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा म खुशि छु’ श्रृंखला लेख्छिन्, ‘गतवर्ष यस्तो गर्न निकै मुस्किल भएको थियो ।’ उनले सम्भवको प्रशंसामा काव्यिक शब्द खर्चिएकी छन् । श्रृंखलाको इन्स्टाग्राम स्टाटस हेर्दा यी दुबैजना केही समयदेखि प्रेम सम्बन्धमा रहेको थाहा पाउन सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *