अनिता कुँवर एसोसियट निर्माता रहेको चलचित्र ‘चिठ्ठी’को ‘टाइटल डिजाइन’ सार्वजनिक


काठमाडौँ
माधवराज खरेलको लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र ‘चिठ्ठी’को ‘टाइटल डिजाइन’ सार्वजनिक गरिएको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको यस चलचित्रमा सञ्जित भण्डारी, खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, प्रवण भुषाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल लगायतको अभिनय रहेको छ ।

एरा प्रोडक्सनको ब्यानरमा सञ्चारकर्मी समेत रहेकी कमला जोशीले यो चलचित्र निर्माण गरेकी हुन् भने अनिता कुँवर र कृष्णा आचार्य  एसोसियट निर्माता र सह निर्माता समीर खान रहेका छन् ।

चलचित्रमा पत्रकार समेत रहेका गायक तथा सङ्गीतकार सरोज कोइरालाले चलचित्रमा सङ्गीत भरेका छन् भने गीतमा शिव परियार, बेनिशा पौडेल र वसन्त अर्यालको स्वर रहेको छ । डा.कृष्णहरि बराल र कमला जोशी गीतका रचनाकार हुन् । यस चलचित्रमा एउटा शिव ताण्डव भजन समेत रहेको छ । भजनको सङ्गीत राजेन्द्र बजगाईँले गरेका हुन् ।

जीवन पराजुली र राजन खरेलको छायाङ्कन गरेका छन् । अच्युत बजगाईँ र माधव खरेलले सम्पादन गरेका छन् । यो चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *