तीनकुने सामूहिक हत्यामा थप अनुसन्धानको बाटो खुला राखेर भोलि फाइल बुझाउँदै प्रहरी


काठमाडौं । तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले बुधबार (भोलि) बुझाउने तयारी गरेको छ ।

२५ दिनभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउनुपर्ने बाध्यता भएका बुधबार प्रतिवेदन पेश गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले  बताए ।

तर, अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु बाँकी रहेकाले थप छानबिन गर्न मिल्ने बाटो राखेर प्रतिवेदन पेश गर्छौं’, उनले भने, ‘यसबारे जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीहरुसँग पनि छलफल भएको छ ।’

घटना भएको दुई दिनपछि प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको थियो ।

उनले सः मिलको बन्द गेटबाट माथि चढेर भित्र गएर विशाल राईको हत्या गरेको बयान दिएका थिए । त्यसपछि अरु थप तीन जना पनि आएपछि हत्या गरेर शव व्यवस्थापन गरेको अनुसन्धानको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *