टीभीभित्र लुकाएर सुन ल्याएका एकजना पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले टीभीभित्र लुकाएर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

नियमित सुरक्षा जाँचका क्रममा टीभीभित्र लुकाएर ल्याइएको पहेँलो धातु (सुन)सहित एकजना पक्राउ परेका कार्यालयले जनाएको छ । तर, पक्राउ परेका व्यक्तिको परिचय र बरामद गरिएको सुनको परिमाण सार्वजनिक गरिएको छैन ।

कार्यालयले थप अनुसन्धानको प्रक्रिया चलिरहेको भन्दै विदेशबाट फर्कने नेपाली नागरिकलाई कुनै पनि प्रलोभनमा परी अवैध सामान लुकाइछिपाइ नल्याउन अनुरोध पनि गरेको छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *