बच्चा बेचेको आरोपमा डाक्टरसहित ६ जनाविरुद्ध मुद्दा


विराटनगर । अविवाहित युवतीले जन्माएको शिशुलाई बेचेको आरोपमा डाक्टरसहित ६ जना विरुद्ध तीन वटा मुद्दा दायर भएको छ ।

तर नेपाल प्रहरीले घटनाका मुख्य मतियार मानेका अस्पताल सञ्चालकले भने उन्मुक्ति पाएका छन् ।

विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) बिक्री गरिएको घटनामा विराटनगर महानगरपालिका–२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी ३३ वर्षीया सुधा भनिने सुक्रि राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशी विरुद्ध मुद्दा दायर भएको हो ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *