ज्यान गुमाएकाको परिवारलाई दुई लाख दिने सुदूरपश्चिम सरकारको निर्णय


काठमाडौं । इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई राहत स्वरूप दुई लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

शाहले तत्काल शव नेपाल ल्याउन र घाइतेको उपचार तथा उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।
प्रेस-विज्ञप्ती-1696902101.jpeg


Leave a Reply

Your email address will not be published. Required fields are marked *