एयरपोर्ट मा भब्य स्वागत गरे गोर्खा साँझ सिजन -२ का कलाकारहरु लाई आयोजक टिमले


प्रकाश ढकाल ,
काठमाडौं

भोलि अर्थात अक्टोबर ०८ तारिक आईतवार को दिनमा वर दुबई को क्लब एभरेष्ट मा सम्पन्न हुन गईरहेको गोर्खा साँझ सिजन-२ को लागी नेपाल बाट कलाकार हरु दुबई पुगिसकेका छन । कलाकार हरु नायक पल शाह , मोडेल निर्देशक काजिश श्रेष्ठ , मोडेल हरु रुबिना अधिकारी , शिशिर पौडेल , एन्जिला रेग्मी, बाल कलाकार सुप्रीम मल्ल ठकुरी लगाएतका कलाकारहरुलाई दुबई एयरपोर्ट मा युएई का एन आर एन ए का उपाध्यक्ष तथा ठकुरी सहयोग सञ्जाल युएईका निवर्तमान अध्यक्ष र गोर्खा साँझ सिजन -२ का आयोजक भिम मल्ल ठकुरी साथै एम डि बोहोरा , जीवन सिंह ठकुरी , हरी डांगी , आशिष पुरुष लगाएतका टिमले ले एयरपोर्ट मा भब्य स्वागत गरेका छन ।

कार्यक्रममा स्थानीय कलाकार हरु नरेन सापकोटा ,हरि डुम्रे ,होमनाथ कुवँर को समेत प्रस्तुति रहने छ ।

स्थानिय समय अनुसार भोलि दिनको १ बजे देखि हुन गईरहेको गोर्खा साँझ सिजन -२ मा युएईमा रहनुहुने आमाबुबा दाजुभाई तथा दिदिबहिनी हरुले नेपालका चर्चित कलाकार हरु सँग बसेर नाच्न गाउन रमाउन पाउनु हुनेछ। आयोजक भिम मल्ल ठकुरी भन्छन – यो कार्यक्रम लाई सफल बनाउन अन्य देश बाट तथा युएईबाट सहयोग गर्ने सम्पुर्ण मा हार्दिक धन्यवाद तथा स्वागत छ। एन आर ए एन ncc र icc सबैलाई नमन ।।

कार्यक्रम समयमै हुने भएकोले तपाईहरु समयमै कार्यक्रममा उपस्तिथि जनाई कार्यक्रम को गरिमामय बढाईदिनु हुन आयोजक टिम युएईबासी लाई अनुरोध गरेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *