गोली लागेर घाइते भएकी चौधरीको निधन


काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धुव्रबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ । उनले आत्महत्या गर्न पेस्तोल पड्काएको आशंका गरिएको थियो ।

पुलिस अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शर्मिलाले बुधबार साँझ लक्ष्मण घरमा नभएको समयमा उनले बोक्दै आएको पेस्तोल घरमा पड्काएको प्रहरीले बताएको छ । पेस्तोलबाट दुई फायर गोली चलेको थियो । एउटा गोली शर्मिलाको कोखामा लागेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *