किन हुन्छ चाडबाडमा चिनिको अभाब दसैंलाई सहुलियतको चिनी ल्याउन ४५ दिने सूचना !


काठमाडौँ — दसैंको घटस्थापना आउन अब १२ दिन बाँकी छ । यही बेला चिनीको खपत पनि अत्यधिक बढ्छ । तिहार र छठमा यसको माग झन् बढी हुन्छ । बजारको यही मागलाई दृष्टिगत गरी व्यवसायीले कृत्रिम अभाव बनाएर महँगोमा बिक्री गरिरहेका छन् ।

चिनी अभावको बहाना बनाउँदै उत्पादन, होलसेलदेखि खुद्रा व्यापारीले मूल्यवृद्धि गरेका हुन् । सरकारी गोदाम रित्तै हुँदा बजारमा व्यवसायीले मूल्यमा मनोमानी गरिरहेका हुन् ।

कतिपय होलसेलमा चिनी नरहेको खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठ बताउँछन् । केही दिनअघि होलसेलमा प्रतिकिलो १ सय २२ रुपैयाँमा उपलब्ध चिनी अहिले बजारमा छैन । ‘बजारको पछिल्लो अवस्था हेर्दा चिनीको भाउ पनि छैन । होलसेल व्यवसायीले नै चिनी नभएको बताइरहेका छन्,’ उनले भने, ‘केही दिनअघि एक होलसेलले १ सय २२ रुपैयाँमा किन्न भनेका थिए, त्यसको दुई दिनमा त्यही चिनी पनि मैले पाइनँ ।’ भाटभटेनीले प्रतिकिलो १ सय ९ रुपैयाँमा बिक्री गरेकाले होलसेलबाट १ सय २२ मा खरिद नगरेको उनले सुनाए ।

‘बजारमा चिनी आक्कलझुक्कल मात्रै पाइएको छ, मूल्य पनि मनोमानी छ । म आफैं व्यापारी भए पनि बिगमार्टबाट प्रतिकिलो १ सय २५ रुपैयाँमा किनेको पनि छु । खुद्रामा १ सय ३५ रुपैयाँसम्ममा बिक्री भएको जानकारी पाएको छु,’ उनले भने, ‘दसैं–तिहारका लागि चिनी उपलब्ध हुने/नहुने विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई हामीले ध्यानाकर्षण गराएका छौं, विभागमा छलफल गर्दा दसैंसम्म चिनी आइपुग्ने आश्वासन पाएका छौं ।’

संघले प्रतिकिलो १ सय ३५ रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको बताइरहँदा बजारमा भने १ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । जानकारका अनुसार बजारमा देखिएको समस्याको मुख्य जिम्मेवार सरकार नै हो । माग र आपूर्तिबारे अध्ययन र सहुलियत दरमा चिनी आयात अनुमति नदिँदा मूल्य अकासिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त चिनी मौज्दात नहुँदा समस्या भएको हो । साल्टसँग जम्मा ४ सय टन चिनी मौज्दात रहेको साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले जनाए । उक्त चिनी दसैंसम्मलाई नपुग्ने उनको भनाइ छ । ‘साल्टको बिक्री केन्द्रबाट दैनिक २५ टन बिक्री भइरहेको छ । यही हिसाबले बिक्री भए दसैंसम्म पुग्दैन,’ उनले भने । अर्को सरकारी संस्थान खाद्यको गोदाम त रित्तै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *