कलेजी दिमदिम भो भन्दै आए लोकप्रिय गायक हेमन्त शर्मा


गायक हेमन्त शर्माले निरजाले बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

गीतको म्युजिक भिडियो गायक शर्माकै युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो ।

गीतमा शर्मासँगै गायिका अस्मिता अधिकारीको पनि स्वर रहेको छ । गीतकार एकनारायण भण्डारीले रचना गरेको सो गीतमा संगीत शर्मा आफैँले भरेका हुन् । गीतमा संगीत संयोजन कृष्ण विकले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्।

गीतको म्युजिक भिडियोमा सुनील क्षेत्री र आस्मा विश्वकर्माको नृत्य तथा मुख्य अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *