‘केजीएफ ३’ डिसेम्बरमा घोषणा हुने, ठूला फिल्ममा तीन हजार करोड खर्च गर्दै निर्माता


काठमाडौं । ‘केजीएफ’ फ्रेन्चाइजी र ‘कान्तारा’जस्ता फिल्म निर्माण गर्ने प्रोडक्सन कम्पनी होम्बाले फिल्म्सले प्रभास स्टारर फिल्म ‘सलार पार्ट १’ पनि निर्माण गरिरहेको छ । यो फिल्म आगामी क्रिसमसमा शाहरुख खानको ‘डंकी’सँग जुध्दैछ । होम्बल फिल्म्सले आगामी ४ देखि ५ वर्षमा फिल्ममा ३ हजार करोड भारु लगानी गर्दैछ । कम्पनीको ध्यान ‘सालार’ र यश स्टारर फिल्म ‘केजीएफ ३’ मा हुनेछ ।

होम्बल फिल्म्सले आगामी दुई वर्षको रोडम्याप पनि सार्वजनिक गरेको छ । कम्पनीको फोकस हरेक वर्ष एउटा प्यान इन्डिया फिल्म दिने हो । यसका लागि उसले यो वर्ष ‘सालार’ र २०२५ मा ‘केजीएफ ३’ रिलिज गर्ने योजना बनाएको छ । कम्पनीले यस वर्षको डिसेम्बरमा यस सम्बन्धमा आधिकारिक घोषणा गर्नेछ ।

दक्षिण भारतीय फिल्मका व्यापार विज्ञका अनुसार ‘केजीएफ ३’ सन् २०२५ को क्रिसमसमा रिलिज हुन सक्छ । किनभने यसको छायांकन आउँदो वर्षको दोस्रो हाफमा सुरु हुँदै वर्षको अन्त्यसम्ममा सम्पन्न हुनेछ । त्यसपछि पोस्ट–प्रोडक्सनमा समय खर्च हुनेछ । यस्तो अवस्थामा यसको रिलिज मिति सन् २०२५ को दोस्रो हाफमा वा क्रिसमससम्म हुने निश्चित छ ।

‘केजीएफ ३’ को छायांकन सुरु गर्नुअघि यशले अर्को ब्यानरको फिल्मको सुटिङ पूरा गर्नेछन् । यो फिल्म ६० को दशकमा गोवामा रुसी माफियाको वर्चस्वमा आधारित हुनेछ । यो फिल्मको तयारी लण्डनमा चलिरहेको छ । यश हालै निर्देशकको टोलीसँग लण्डनमा थिए । उनी केही दिनअघि मात्रै त्यहाँबाट फर्किएका थिए ।

यसैबीच, ’सलार’का निर्माताले आफ्नो प्यान इन्डिया फिल्म अर्को वर्ष रिलिज गर्ने छन्, त्यो ’कान्तारा २’ हुनेछ । यसको छायांकन पनि नोभेम्बरबाट सुरु हुनेछ । यसै क्रममा प्रभास र प्रशान्त नील ‘सालार २’ मा पनि काम गर्न सक्नेछन् । यससँगै यस वर्षको क्रिसमसमा सालारले शाहरुख खानको फिल्म ‘डंकी’सँग भिड्ने चर्चा छ । उत्तर भारतीय वितरकले अहिले पनि डंकीलाई बलियो मानिरहेका छन् ।

गेटी ग्यालेक्सीका कार्यकारी निर्देशक मनोज देसाई र वितरक अक्षय राठी ‘डंकी’ सामाजिक कथावस्तुमा बनेको बताउँछन् । जबकि ‘सालार’ विशुद्ध एक्सन फिल्म हो । यस्तो अवस्थामा उत्तर भारतका हलले दुवैलाई बराबर संख्यामा स्क्रिन दिनुपर्ने हुनसक्छ । तर, दुवै फिल्मका ट्रेलरले कस्तो प्रतिक्रिया पाउँछन् भन्नेमा भर पर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *