त्रिशूली नदीमा हामफालेर बेपत्ता


काठमाडौं । त्रिशूली नदीमा हामफालेर एकजना बेपत्ता भएका छन् । सोमबार साँझ साढे ६ बजे धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित नयाँपुलबाट हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

नाम थर नखुलेका करिब २५/३० वर्षका व्यक्ति चप्पल र मोटरसाइकल पुलको बीचमा छाडेर त्रिशूलीमा हामफालेको प्रहरीले जनाएको छ । बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *