करदाता सेवा कार्यालय गल्छीद्वारा प्रशासन शाखा प्रमुखहरुलाई तालिम तथा अन्तर्क्रिया सम्पन्न


करदाता सेवा कार्यालय गल्छी ले २०८०/०६/१२ गते धादिगं जिल्लामा रहेको संध प्रदेश र स्थानिय तहका सम्पुर्ण सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखहरुलाई TDS तथा ETDS प्रविस्ठि सम्वन्धी तालिम तथा अन्तर्क्रिया सम्पन्न गर्यो । -कर कार्यालय गल्छीकी कार्यालय प्रमुख शिखा वाग्लेको अध्यक्षता तथा को.ले.नि.का धादिगंको प्रमुख रेशम कुमार खत्रीको प्रमुख अतिथीको रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।

करिब सरकारी कार्यालयका ३५ जना आर्थिक शाखा प्रमुख सहभागी भएका – कर अधिकृत शिखा वाग्लेले सम्पुर्ण सरकारी निकायका अग्रिम कर प्रविस्ठीमा हुनसक्ने त्रुटी न्युनिकरण तथा कर कानुनको पालना, कर्मचारीमा कर सम्वन्धी सचेतनामा हरेक सरकारी निकाय र सोका आर्थिक शाखाको भुमिका सहयोगी हुने हुदा यो तालिमले आगामी दिनमा अपेक्षित कर संकलन , कर छलि नियन्त्रणमा सहयोगी हुने अपेक्षा लिएको बताएकी थिइन ।

प्रमुख अतिथी कोलेनिका प्रमुखले आगामी दिनमा करदाता सेवा कार्यालयले कर संकलनमा अझ बढी क्रियासिल हुने अपेक्षा सहित आगामी दिनमा कर कार्यालय गल्छी र धादिगं कोलेनिका बिच बित्तिय सुशासन कायम गर्न सहकार्य हुने अपेक्षा राख्नु भयो । – तालिम कार्यक्रमा प्रशिक्षक हरि कुमार श्रेष्ठले करको कानुनी व्यवस्था र TDS तथा ETDS प्रक्रियाबारे प्रस्तुती दिनुभएको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीले कार्यालयमा सो सम्वन्धमा आएका समस्याको सम्वन्धमा जिज्ञासा राख्नु भएकोमा सोको सम्वन्धमा कर अधिकृत शिखा वाग्ले , नासु प्रेम कुमार श्रेष्ठ र प्रशिक्षार्थी हरि श्रेष्ठले जिज्ञासा समाधानको समाधान गर्ने कोशिस गर्नुभएको थियो । -साथै कर कार्यालय गल्छीले आगामी दिनमा विभिन्न सरोकारवाला निकाय , व्यवसायी, कर प्रदायक , सार्वजनिक निकाय र नागरिक सगं यस्तै किशिमका कर शिक्षा कार्यक्रम संचालन गर्ने कार्यालय प्रमुख शिखा वाग्लेले प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *