आईभीएफबारे ७ भ्रम र तथ्य


प्राकृतिक तरिकाबाट सन्तान जन्माउन नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले विकास गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि वरदान नै हो । यस प्रविधिबाट धेरै दम्पतीले सन्तान सुख प्राप्त गरेका छन् ।

तर आईभीएफसँग सम्बन्धित केही भ्रम समाजमा व्याप्त छन् । धेरैमा रहेका सात भ्रमलाई भारतस्थित बिर्ला फर्टिलिटी र आईभीएफ कन्सल्टेन्ट डा. स्वाती मिश्राले चिर्ने कोसिस गरेकी छन् ।

भ्रम १ : आईभीएफबाट धेरै बच्चाहरू जन्मिन्छन्

तथ्य : अन्तर्र्राष्ट्रिय अभ्यासअनुसार आईभीएफमा बहुगर्भधारणको सम्भावना २० प्रतिशत हुन्छ । आईभीएफ गरेको पहिलो पटक नै गर्भवती नभएमा यस्तो जटिलता बढ्ने गर्छ । महिलाको उमेर बढी भएमा वा आईभीएफ बारम्बार फेल भइरहेको अवस्थामा एक भन्दा बढी भ्रूण स्थानान्तरण गरिन्छ । यसरी स्थानान्तरण भ्रूण सबै गर्भमा बसेको अवस्थामा धेरै बच्चा जन्मिन सक्ने सम्भावना हुन्छ ।

भ्रम २ : आईभीएफले क्यान्सर हुने जोखिम हुन्छ

तथ्य : कुनै पनि अध्ययन वा चिकित्सा अनुसन्धानमा क्यान्सर र आईभीएफबीच कुनै सम्बन्ध स्थापित देखिंदैन । पुरुष वा महिलाले क्यान्सरको कुनै जोखिम बिना आईभीएफ अर्थात् प्रजनन् उपचारमा गर्न सक्छन् । यस प्रक्रियामा गर्भमा रहेको बच्चालाई क्यान्सरको खतरा हुन्छ, न त बच्चा हुर्किसकेपछि पनि क्यान्सरको खतरा रहन्छ ।

भ्रम ३ : आईभीएफ एक पीडादायी प्रक्रिया हो

तथ्य : प्राकृतिक रुपमा भन्दा आईभीएफमा दुखाइ, पीडा र समस्या आउने गर्छ । सुरुका केही दिनसम्म महिलाले हार्मोन सुई दैनिक लिनुपर्ने भएकाले दुखाइ हुन सक्छ तर अहिले औषधिको विकास भएसँगै यो सहज भएको छ ।

भ्रम ४ : आईभीएफ प्रक्रियाबाट जन्मेका बच्चामा जन्मदोषको जोखिम हुन्छ

तथ्य : आईभीएफ प्रक्रियाले जन्मदोषको जोखिम बढाउँदैन । यसको विपरीत यसले भ्रूणको पूर्व प्रत्यारोपण आनुवंशिक परीक्षणलाई उच्च जोखिमको केसमा जन्मजात दोष वा क्रोमोजोमका दोषहरू अस्वीकार गर्छ । यसमा महिलाको उमेर ३५ वर्ष नाघेको वा पुरुष ५० वर्ष नाघेको वा आनुवंशिक विकारको पारिवारिक इतिहास रहेको अवस्थामा समावेश हुन्छ ।

भ्रुण ५ : पहिलो आईभीएफ असफल भयो भने भविष्यका सबै सम्भावना सकिन्छन्

तथ्य : दम्पतीको पहिलो आईभीएफ कुनै कारणले असफल हुँदैमा भविष्यमा महिला गर्भवती हुन सक्दिनन् भन्ने हुँदैन । बरु यस्तो किन भयो भनेर बुझेर परीक्षण गरेर भविष्यमा आईभीएफ सफल बनाउन उपचार गर्न सकिन्छ । त्यस्तै धेरै महिला छन्, जसले चारदेखि पाँच पटक आईभीएफपछि मात्र गर्भधारण गरेका उदाहरण छन् । यसका लागि लेजर असिस्टेड ह्याचिङ वा प्लेटलेट रिच प्लाज्मा पाठेघरमा राखी एन्टीअक्सिडेन्टले भरिपूर्ण सन्तुलित आहार दिइन्छ ।

भ्रूण ६ : आईभीएफले गर्भावस्थामा धेरै जटिलता निम्त्याउँछ

तथ्य : महिलाका लागि गर्भधारणको उत्तम उमेर ३३ वर्षभन्दा कम हो । ३७ वर्षको उमेरपछि यो कम हुँदै जान्छ । गर्भावस्थामा आमा र बच्चा दुवैलाई जोखिम बढ्छ । तर आईभीएफको प्रक्रियामा उमेरका कारण हुने जटिलता खासै आउँदैन । तर बाँझोपनबाट पीडित बिरामीले सही समयमा उपचार गरेर आईभीएफ अपनाउन सके गर्भवती हुने सम्भावना उच्च हुन्छ ।

भ्रूण ७ : आईभीएफले बाँझोपनको समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छ

तथ्य : यो सत्य होइन । ३५ वर्षमुनिका दम्पतीमा आईभीएफको सफलता दर लगभग ४० प्रतिशत हुन्छ । साथै, यसको सफलता धेरै कारणमा निर्भर हुन्छ । जस्तै महिलाको उमेर, बाँझोपनको कारण र महिलाको हार्मोन स्थिति । यसबाहेक त्यहाँ धेरै प्रकारका सहायक प्रजनन् प्रक्रिया छन्, जसमा ओभुलेसन इन्डक्सन (ओआई) औषधिहरू, इन्ट्रायूटरिन इन्सेमिनेसन (आईभीएफ) आदि समावेश छन् । यसले पनि गर्भधारण गर्न मद्दत गर्छ ।

फेमिना म्यागजिनबाट अनुदित

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *