ईन्द्रायणी चौरबाट नियन्त्रणमा लिईएका सातजना बिरुद्ध मुद्धा दर्ता


बिदुर । बिदुर नगरपालिका वडा नम्वर १ को सिम्बुटारस्थित ईन्द्रायणी चौरमा रहेको घरटहरा हटाउने क्रममा शनिवार प्रहरीलाई ढुङ्गा प्रहार गरेको अभियोगमा पक्राउ गरिएका सातजना बिरुद्ध आईतबार मुद्धा दर्ता गरिएको छ । प्रहरीले शनिवार प्रहरी माथि आक्रमण गरेको आरोपमा किस्पाङ गाउँपालिका वडा नम्वर १का ३६ बर्षिय तर्क बहादुर तामाङ, ४५ बर्षिय तेज बहादुर तामाङ, ३३ बर्षिय बहादुर बि.क., ४५ बर्षिय श्रीमाया तामाङ, ४४ बर्षिय जितबहादुर तामाङ, रसुवा आमाछेदिङमो गाउँपालिका वडा नम्वर १ का ३५ बर्षिय तेन्जिङ तामाङ र नौकुण्ड गाउँपालिका वडा नम्वर ५ का २९ बर्षिय ठाकुर तामाङलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । उनीहरुबिरुद्ध मुलुकी अपराध संहिता–२०७४ अन्तर्गत अभद्र ब्यहार कसूरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सातदिनको म्याद लिई अनुसंधान अगाडी बढाएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । शनिवार घरटहरा हटाउने क्रममा उक्त क्षेत्रमा भूकम्पपीडितको नाममा रहँदै आएकाहरुले गरेको ढुङ्गा प्रहारबाट प्रहरी निरीक्षक रुद्रबहादुर कँडेल गम्भीर घाईते भएको र अन्य ६ प्रहरी कर्मचारी घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *