खेल पूर्बाधार बिकास प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री लामा


बिदुर । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले खेल पूर्बाधार बिकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै नुवाकोट जिल्लालाई खेलकुदको उपयुक्त गन्तब्य बनाउने गरि आवश्यक योजनाहरु कार्यान्वयनमा ल्याईने प्रतिबद्धता जनाएका छन् । नुवाकोटमा खेल पर्यटन प्रबद्र्धनको प्रचुर सम्भावना देखिएकाले सम्भावनालाई सार्थकता बनाउन खेल पूर्बाधार बिकासमा जोड दिईने मन्त्री लामाको भनाई थियो । शनिवार बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा पिपलटार फुटबल क्लवद्वारा आयोजित जिल्लास्तरीय अन्तर माध्यमिक बिद्यालय छात्र–छात्रा फुटसल प्रतियोगिताको समापनका क्रममा मन्त्री लामाले स्थानीयस्तरको माग र आवश्यकताका आधारमा बजेट कार्यान्वयनमा ल्याईने समेत स्पष्ट पारे ।
शुक्रवारबाट सुरु भएको प्रतियोगितामा छात्रतर्फ प्रतिस्पर्धी च्वाडी पब्लिक माध्यमिक बिद्यालयलाई पराजित गर्दे जेडी बोर्डिङ स्कूल तथा छात्रतर्फ जेडी बोर्डिङ स्कूललाई पराजित गर्दे चन्द्रज्योती माध्यमिक बिद्यालय बिजयी भएका छन् । प्रतियोगिताका बिजेता र उपबिजेताहरुलाई मन्त्री लामा र बिदुर नगरप्रमुख राजन श्रेष्ठले शिल्ड,मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *