पाठकको नेतृत्वमा नुवाकोट क्रिकेट संघको नयाँ समिति निर्वाचित


नुवाकोट क्रिकेट संघको आईतबार सम्पन्न चौथो अधिबेशनले पुन : दुर्गाराज पाठकलाई सर्बसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको छ । अधिबेशनमा उपाध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदमा सर्बसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ । उपाध्यक्ष र कोषाध्यक्ष पदमा भएको निर्वाचनमा क्रमश : बिष्णु प्याकुरेल र राजेन्द्र पनेरु आ– आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दे निर्वाचित भए भने सचिवमा करण खतिवडा र सदस्यहरुमा सुरज सिलवाल, अनुजमान श्रेष्ठ ,प्रज्जवल सापकोटा ,उपेन्द्र देबकोटा ,केशब मिश्र , पारस अधिकारी ओमप्रकाश श्रेष्ठ र रामधन ढकाल सर्बसम्मत निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *