कार्यसम्पादनमा नुवाकोट प्रहरी उत्कृष्ट


बिदुर । आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय नुवाकोट उत्कृष्ट भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको कार्यक्रममा घोषणा गरिए अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रे सर्बोत्कृष्ट ठहरिएको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट, धादिङ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगर क्रमशः कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका छन् ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पंडितसहित मातहतका १४ वटा कार्यालयका प्रमुखहरुसंग आर्थिक बर्ष २०८०÷०८१ का लागि कार्यसम्पादन सम्झौता गरिन् । जस अनुसार जिल्ला प्रहरी कार्यालयहरुका लागि ३७ वटा , ट्राफिक प्रहरीका लागि २१ वटा र अन्य कार्यालयहरुका लागि १३ वटा बार्षिक कार्यसम्पादन क्रियाकलापहरु प्रदान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *