बिदुर नगरपालिकाले डेङ्गु रोकथाम र नियन्त्रण अभियान संचालन गर्ने


बिदुर । बिदुर नगरपालिकाले मंगलबारबाट नगरपालिका भर डेङ्गु रोकथाम र नियन्त्रणका लागि बिशेष अभियान संचालन गर्ने भएको छ । आईतबार नगरपालिकाको बैठककक्षमा सम्पन्न डेङ्गु रोकथान र नियन्त्रण संबन्धि सर्बपक्षिय बैठक एवं अन्तरक्रियामा नगर क्षेत्रका सबै पक्षको सहभागितामा बिशेष अभियान संचालन गर्ने निर्णय गरिएको हो । त्यसक्रममा बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले डेङ्गु रोकथाम र नियन्त्रणका लागि नगरपालिका आवश्यक सबै उपायहरु अवलम्वन गर्न तयार रहेको बताउँदै यो अभियानलाई सार्थक बनाउन समाजका सबै पक्षको ऐक्यबद्धता अपेक्षित रहेको धारणा ब्यक्त गरे ।
त्यसक्रममा नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पंडित, बिदुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष रबिन्द्र नेपाल, वडा नम्वर ८ का वडा अध्यक्ष कमल श्रेष्ठ, वडा नम्वर १० का वडा अध्यक्ष गणेशकुमार नेपाल, पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोट अध्यक्ष कपिलदेब खनाल र नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्णलाल श्रेष्ठले डेङ्गु रोकथाम र नियन्त्रणका लागि अपनाईनुपर्ने रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नुवाकोटका फोकल पर्सन कृष्ण रिजालले डेङ्गु रोकथाम र नियन्त्रणका लागि भए गरेका काम र जिल्लाको अवस्थाको बारेमा जानकारी दिएका थिए । त्यसक्रममा दिईएको जानकारी अनुसार नुवाकोटमा साउन १४ गतेसम्ममा ८२ जनामा डेङ्गु संक्रमण देखिएकोमा ५५ प्रतिशत बिदुर नगरपालिकाका रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *