त्रिशूली अस्पताल ५९औं बर्षमा


बिदुर । नुवाकोट , रसुवा र धादिङका नागरिकहरुका लागि उपचार सेवा उपलब्ध गराउँदै आएको त्रिशूली अस्पताल स्थापनाको ५९ औं बर्षमा प्रबेश गरेको छ । २०२१ सालमा त्रिशूली जलबिद्युत केन्द्रका कर्मचारीहरुको स्वास्थ्य उपचारका लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको बिकसित रुप नै आजको त्रिशूली अस्पताल हो । २०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि पनि खुला गरिएसंगै यो अस्पताल नुवाकोट, रसुवा र धादिङका नागरिकहरुको स्वास्थ्य उपचारका लागि उपयुक्त गन्तब्य बन्दै आएको छ ।
सुरुमा १५ शैय्याबाट सेवा दिन सुरु गरेको त्रिशूली अस्पतालको २०६९ सालमा ५० शैय्यामा स्तरोन्नती भयो । २०७२ सालको महाभूकम्पमा पूर्ण रुपमा क्षतीग्रस्त यो अस्पतालले अहिले कोरियन सहयोग संस्था कोईकाको सहयोगमा निर्मित अत्याधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ । पटक पटक संघ र प्रदेश स्तरमा उत्कृष्ट ठहरिएको यो अस्पतालमा राजधानीमा उपलब्ध प्राय ः सबै प्रकारका सेवाहरु र १५ जना चिकित्सकहरुबाट बिशेषज्ञ सेवा उपलब्ध छ । पछिल्लो समय डेक्सास्क्यान र डाईलोसिस सेवा दिईरहेको अस्पतालबाट चाँडै नै सिटीस्क्यान सेवा समेत सुरु हुने अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राजु पंडितले जानकारी दिएका छन् ।
अस्पताल स्थापना दिवसको अवसरमा आज बिहिबार बिशेष कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीको समेत सहभागिता रहने अस्पताल प्रशासनले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *