बेलकोटगढीमा ‘जहाँ व्यबसाय त्यहीं दर्ता’, कार्यक्रम कार्यान्वयनमा


विदुर । नगरपालिका भित्र संचालित व्यवसायलाई व्यबस्थि तगर्दे उनीहरुलाई करको दायरामा समेत ल्याउने उद्धेश्यले बेलकोटगढी नगरपालिकाले ‘जहाँ व्यबसाय त्यहीं दर्ता’, कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार सोमबारबाट उक्त कार्यक्रम कार्यान्वयनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको सुरुवातमा नगरपालिकाका कार्यबाहक नगरप्रमुख शिवप्रसाद दाहाल र प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पंडित, शाखा अधिकृत श्ुक्रकुमार श्रेष्ठसहितको टोलीले सोमबार वडा नम्वर ७ मा रहेको महादेवफाँट बजार तथा मंगलबार वडा नम्वर ५ को कोल्पुटार, क्यौरिनी तथा वडा नम्वर ७ को रातमाटेमा रहेका व्यवसायीहरुलाई उनीहरुको व्यवसायको प्रकृति अनुसार दर्ता गरि प्रमाणपत्र समेत उपलब्ध गराएको छ ।
१३ वडा रहेको नगरपालिकाका अधिकाँश व्यवसायीहरु बिबिध कारणले दर्ता प्रकृयामा नआउँदा नगरपालिकाले अपेक्षित राजश्व समेत उठाउन नसकेकोले नीति तथा कार्यक्रममै समेटेर अभियानकै रुपमा यो कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ । ‘जहाँ व्यबसाय त्यहाँ दर्ता’, कार्यक्रमको प्रभावकारी कार्यान्वयन पछि सबै व्यवसायीहरु सूचिकृत भई मर्यादित व्यवसायको वातावरण समेत निर्माण हुने र कर प्रणालीमा सहभागिताका कारण नगरपालिकाको कार्य संचालनमा समेत सहजता हुने कार्यबाहक नगरप्रमुख दाहालले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *