सिजि ईलेक्ट्रोनिक्सद्वारा ज्येष्ठ नागरिक बिश्राम स्थलका लागि ४३ इञ्चको टिभी हस्तान्तरण


बिदुर । सिजि ईलेक्ट्रोनिक्सले देबिघाटमा रहेको ऐतिहासिक तथा पवित्र धार्मिक स्थल जालपादेबी मन्दिर परिसरमा रहेको जेष्ठ नागरिक बिश्राम स्थलमा राख्नको लागि ४३ ईञ्चको गुगल एन्ड्रोईड टिभी उपलब्ध गराएको छ । शनिवार सिजि ईलेक्ट्रोनिक्सको नुवाकोटका लागि आधिकारीक बिक्रेता अमात्य ट्रेडर्सका प्रोपाईटर युवराज अमात्यले जालपा क्षेत्र बिकास समितिका अध्यक्ष मानबहादुर डंगोललाई उक्त टिभि हस्तान्तरण गरे ।
सिजि ईलेक्ट्रोनिक्सले उपलब्ध गराएको टिभि जडानले जालपा मन्दिर क्षेत्रमा आउने भक्तजन तथा जेष्ठनागरिक हरुको मनोरञ्जन र सहज दिनचर्याका लागि महत्वपूर्ण अर्थ राख्ने स्थानीय समाजसेबी नबिन चित्रकारको बुझाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *