बाँदरलाई थापेको पासोमा परेर दुई जना घाइते


पाल्पा — बाँदरबाट मकै बाली जोगाउन थापेको पासोमा परी दुई महिला घाइते भएका छन् । घाइते हुनेमा तानसेन नगरपालिका–७, लामीडाँडा बस्ने ३८ वर्षीया तिलु थापा र ३१ वर्षीया बिजिता आले रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाँदरलगायत जंगली जनावरले सताएपछि मकैबाली जोगाउन ग्याबिनको नाङ्गो तारमा बिजुलीको करेन्ट छाडिएको थियो । लामडाँडास्थित स्थानीय सोम आलेको घरबाट झन्डै सय मिटर तल्लो भागमा करेन्ट छोडिएको प्रहरीले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *