महामन्त्रीको प्रस्तावले देउवामाथि नैतिक दबाब


एक वर्षपछि (प्रदीप गिरीको निधनमा बसेको आकस्मिकबाहेक) मंगलबार सुरु भएको बैठकमा महामन्त्री थापाले अबउप्रान्त केन्द्रीय कार्यसमितिको बैठक आकस्मिक अवस्थामा बाहेक असोज, मंसिर, माघ, चैत, जेठको पहिलो साता बस्ने समयबद्ध तालिका नै प्रस्ताव गरेका छन् ।

दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक कहिले सत्ता राजनीतिको प्रतिकूल परिस्थिति त कहिले भुटानी शरणार्थी प्रकरणमा संलग्न पार्टीका नेता बालकृष्ण खाणलाई रक्षा गर्ने सवाल झिकेर सभापति देउवाले छल्दै आएका थिए । अनुकूल वातावरणमा मात्रै बैठक बोलाउने सभापतिको स्वच्छारितामा अंकुश लगाउन महामन्त्रीले केन्द्रीय समितिमा यस्तो प्रस्ताव राखेको निकटस्थहरूले बताएका छन् ।

विधानले ६ महिनाभित्र गर्नुपर्ने काम डेढ महिना बित्दासमेत नभएपछि महामन्त्री थापाले सभापतिको विशेषाधिकारका कामलाई आगामी भदौ १५ भित्र गरिसक्नुपर्ने प्रस्ताव गरेका छन् । सभापतिले मनोनयन प्रस्ताव नगर्दा डेढ वर्षदेखि पार्टीको कोषाध्यक्ष पद नै रिक्त छ । ४८ विभाग प्रमुख गठन गर्ने, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने काम सभापतिको विशेषाधिकार हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *