नेपाल सनातन धर्म संस्कृति संगठनको मैतीदेवीदेखि पशुपतिसम्म धार्मिक पदयात्रा


काठमाडौंको मैतीदेवीदेखि पशुपतिसम्म धार्मिक पदयात्रा भएको छ।

नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको हो।

पदयात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका नेताहरू र सांसदहरू पनि सहभागी रहेका थिए।

हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनमत सिर्जना गर्न आयोजित पदयात्रामा राप्रपाका अध्यक्षसहित नेताहरू सहभागी भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

पदयात्रामा काठमाडौंका जनसमुदायको साथ, सहयोग र ऐक्यबद्धता रहेको श्रेष्ठले दाबी गरे। पदयात्रामा सहभागी राप्रपा अध्यक्ष लिङ्देनले यस्ता धार्मिक अभियान अब देशव्यापी बनाउँदै लगिने बताएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *