३ महिने कम्प्युटर तालिम सम्पन्न


 

बिदुर । नुवाकोट उद्योग बाणिज्य संघ अन्तर्गतको ईलम प्रशिक्षण केन्द्रले संचालन गरेको तीन महिने कम्प्युटर तालिम आईतबार समापन भएको छ । माध्यमिक शिक्षा परीक्षा –एसइई) दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरी संचालित तालिममा बेसिक तर्फ ३० र डिप्लोमा तर्फ ५० जना बिद्यार्थीहरु सहभागी रहेका थिए । तालिममा सहभागीहरुलाई प्रशिक्षकहरु मन्दिरा शाह र मनिता श्रेष्ठले प्रशिक्षण दिएका थिए । तालिम समापनको क्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, बिदुर नगर खेलकुद बिकास समितिका संयोजक अच्युतराज गिरी, संघका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्ष सबिन राजभण्डारी, सचिव मधुसुदन तपलियाले प्रमाणपत्र बितरण गरेका थिए ।
तालिम समापनका क्रममा संघका अध्यक्ष श्रेष्ठले बिद्यार्थीहरुको अध्यययनपछि खाली रहेको समयलाई सदुपयोग गर्न यस्ता तालिमहरुको महत्वपूर्ण अर्थ रहने बताउँदै जीवनोपयोगी शिक्षालाई व्यवहारमा उतार्न सके मात्र सुन्दर भबिष्यको कल्पना गर्न सकिने धारणा व्यक्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *